२२असाेज २०७७,                                         अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालका लेखा अधिकृत माधव प्रसाद आचार्य सहित १५ जना कर्मचारी विरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६-०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

आयोगले माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर