२१ असोज २०७७ ,                                 जाजरकोटको जुनिचाँदी गाउँपालिका–१ अउल खोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ को मृत्यु भएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट ६ सय मिटर तल खस्दा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ५० वर्षीय अमर बहादुर शाहीसहित ६ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।

मृत्यु हुनेमा सोही गाउँपालिका ६० वर्षीय कीर्ति बहादुर शाही, ३१ वर्षीय खेम बहादुर शाही, २९ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीया मालिका बस्नेत रहेका छन् ।

मृतक ६ जना मध्य एक जनाको शव पानीबाट निकालिरहेको र सनाखत नभएको डीएसपी श्रेष्ठले बताए । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर