आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिम १२ वर्षपछि एअरलाइन्सले पुनः आजबाट बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

https://amzn.to/4myfPN5

“अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिने छ उनले भने ।

यतीले काठमाडौँ– सिमरा–काठमाडौँका लागि प्रमोशनल शुरुवाती भाडा १ हजार ९९९ तोकेको छ ।

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, सिमराका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर