२१ असाेज २०७७,                                              मष्टा गाउँपालिका २ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका ३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका २ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ
गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर