२१ असोज २०७७, बुधवार

इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।


मुम्बईले दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ बनाउन सक्यो ।

राजस्थानका लागि जोस बर्टलरले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ४ चौका र ५ छक्काको सहयोगमा ७० रनको योगदान गरे । त्यस्तै जोफ्रा आर्चरले २४ रन बनाउँदा टोम करनले १५ रन बनाए ।

 

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर चार विकेट लिन सफल भएका हुन् । त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिन सफल भए । मुम्बईका लागि राहुल चहार र किरोन पोलार्डले पनि एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धाति २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ११ चौका र २ छक्काको सहयोगमा ७९ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन जोड्दा हार्दिक पाड्या ३० तथा क्विन्टन डिककले २३ रन बनाए ।

बलिङतर्फ श्रेयस गोपालले दुई विकेट लिए । त्यस्तै जोफ्रा आर्चर र कार्तिक त्यागीले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर