बझाङ, २०७७ असोज २०
मष्टा गाउँपालिका-२ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका-३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर