२० असाेज २०७७ काठमाडौं                              कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले तत्काल सिनेमा हल खोल्नु उचित नहुने  अभिनेता हमालले बताएका छन् । आइतवार एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्थिति सामान्य नहुँदासम्म सिनेमा हल खोल्नु हुन्न जस्तो लाग्छ । हामीले सबैभन्दा पहिला दर्शकको स्वास्थ्यलाई ध्यान दिनुपर्छ । परिस्थिति सहज भएपछि सतर्कतापूर्वक सिनेमा हल खोल्नुपर्छ, अहिले राम्रो हुन्न ।’

तत्काल सिनेमा हल खोलेको अवस्थामा भोलीका दिनमा आउने समस्याको बारेमा पनि गम्भीर भएर सोच्नुपर्ने उनको सुझाव छ । उनले भने- ‘कोभिड १९ का कारण अहिले हरेक क्षेत्रमा समस्या छ । फिल्म क्षेत्रमा पनि यसले ठूलो प्रभाव पारेको छ । तर, अहिले नै सिनेमा हल खोल्दा संक्रमण थप फैलिन सक्छ । सिनेमा हल भीडभाड हुने ठाउँ भएकाले संक्रमणको जोखिम उच्च रहन्छ ।’

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राजेश हमालले कोरोना महामारीपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने पनि बताएका छन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर