झापा, २०७७ असोज १९ गते

    २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-२ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई राजुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर