काठमाडौं, २०७७ असोज १९ गते

    टोखा नगरपालिका-९ शविमन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको अभियोगमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष विक लगायत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको  छ ।
मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर