१९ असाेज २०७७, सल्यान जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो।
पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी ३८ वर्षको दान बहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर