१९ असाेज २०७७,                                               प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध  गरेको हो  ।

संसदमा नेपाली काग्रेससँगै फोरम सासदहरुले पनि नाराबाजी गरेका छन् । नेपाली काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ताहाशाही जस्तो शैलीमा ल्याइएको प्रस्ताव अमान्य भएको बताए ।

नेपाली काग्रेस र फोरमको विरोधपछि  २ बजे सम्म लागि  बैठक स्थगित गरिएको छ । सरकारले दाङलाई प्रदेश राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवल पक्षधरहरु आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर