काठमाडौं ।

देशभर १२ हजार ७८४ पीसीआर परीक्षणमा २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् ।  आइतबारसम्म देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११८९३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्   उपत्यकामा १५ सय ९९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।काठमाडौंमा मात्रै १३ सय ७३ जना संक्रमित थपिएका छन् । ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर