१८ असाेज २०७७, प्रदेश सरकारको बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका बिरुद्ध नेपाली काँग्रेसले आह्वान गरेको रुपन्देही बन्दको बिहानै देखि प्रभाव देखिएको छ ।

बन्दका कारण मुख्य राजमार्ग सुनसान जस्तै देखिएको छ  भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी गुडेका छन् । बुटवलको भित्रि बजारहरुमा खुद्रा पसलहरु खुलेपनि मुख्य बजारमा भने पसल खुलेका छैनन् ।

स्थानीय प्रशासनले प्रदेश मन्त्रालय र प्रदेश सभाको सुरक्षा भन्दै बुटवल उपमहानगरको अधिकांश भागमा आजबाट असोज २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

आईतबार बिहान रुपन्देहीका उद्योग ब्यवसायसंग सम्बन्धित पेशागत सञ्जालले पनि बिरोध प्रदर्शन गर्दैछ भने जिल्लाका १६ वटा स्थानीय सरकारले सरकारको निर्णयको बिरोध जनाएका छन् । शनिबार बसेको नेकपाको प्रदेश ५ प्रदेशसभा संसदीय दलमा १४ सभासदले फरक मत दर्ता गराएका थिए ।

पेशागत सञ्जालले  सोमबार साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुमा बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर