१७ असाेज २०७७,    बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित दाङ घोराही उपमहानगरपालिका-११ पुरानो बसपार्क बस्ने २६ वर्षीय संजय बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ बंखुलबाट १ किलो ८ सय ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  पटेर्वासुगौली गाउँपालिका-३ बस्ने ६० वर्षीय दुखि मिया अन्सारी र मकवानपुर मनहरी गाउँपालिका-३ हारीखोला बस्ने ५० वर्षीया सिता रिजाल रहेका छन् । प्रहरी चौकी रंपुरटाडी पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१९ जैमुरे बस्ने २१ वर्षीय समिर गुरुङलाई करिब ३ सय ५० ग्राम लागूऔषध गाँजा, ७ एम्पुल नुर्फिन, ७ एम्पुल फेनारगन र ७ एम्पुल डाईजेपाम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई घर नजिकैबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर