१७ असाेज २०७७, नेपाली कांग्रेस रूपन्देहीले प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध भोलि रूपन्देही बन्दको आह्वान गरेको छ

प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमाना भालुवाङ राख्ने प्रस्ताव विरूद्ध रुपन्देही कांग्रेसले आन्दोलन घोषणा गरेको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शनिबार बसेको काँग्रेस बैठकले आन्दोलनको विकल्प नभएको निस्कर्ष निकालेको छ ।

बन्दको अघिल्लो दिन बुटवल उपमहानगरका सबै वडामा मशाल जुलुस निकाल्ने पनि काँग्रेसले योजना बनाएको छ । काँग्रेसले १९ गते सोमबार ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।प्रदेश सरकारले शुक्रबार दाङमा स्थायी  राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावको पक्षमा दाङ काँग्रेसले भने समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर