
१७ असाेज २०७७, शनिबार देशभर २ हजार १२० काेराेना संक्रमित थपिएका छन् । याे सङै संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
आज २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।
मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।