
१७ असाेज २०७७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीकी २८ वर्षीया महिलाकाे मृत्यु भएको हाे । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।