१६असाेज२०७७, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रजिअ विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


प्रजिअ पौडेललाई रुघाखोकी र ज्वरो आएपछि स्वाब परीक्षण गराएका थिए । त्यसपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, सहायक प्रजिअ थापाले भने विना लक्षण स्वाब परीक्षण गराएका थिए ।

बिहीबार कोरोना पोजेटिभ पुष्टि भएपछि प्रजिअ र सहायक प्रजिअ अहिले होम आइसोलेसनमा बसेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर