२६ साउन २०७७

कपिलवस्तुको शिवराज नगरपालिका –१ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

घर भत्काउँदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज ३ हचुवाका २६ वर्षका चिन्का चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। उनी शिवपुरमा रहेका विनोद कुँवरको पुरानो घर भत्काउने काम गरी रहेका थिए। छत खसे पछि चौधरी माथि परेको थियो। आइतबार दिउँसो करिब ४ बजे छतले च्यापेर घाइते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक चौधरीको बहादुरगञ्ज अस्पतालमा पोस्टमार्टम भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख दीपेश खरेलले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको समेत उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर