१४ असोज २०७७, बुधवार

पाल्पा- पाल्पाकाे तिनाउ गाउँपालिका वडा ६ अर्खले मा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा  ३० वर्षकी मिना सारु र उनको भाई १४ वर्षको कमल सारु अर्घाली विरामी भएकाे लुम्विनी मेडिकल कलेज प्रभासले जनाएकाे छ ।

च्याउ खाई बिरामी भई उपचारको लागि मंगलवार साँझ लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा ल्याएको  अस्पतालले जनाएकाे छ ।

अस्पतालले मिना सारुलाइ केही समस्या आएर आइसियुमा राखेर उपचार थालिएकाे अस्पतालका सूचना अधिकारी प्रदिप खनालले बताउनुभयाे । खनालका अनुसार कमल सारुकाे अवस्था भने नरमल रहेकाेले भर्ना नगरिएकाे बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर