१३ असोज २०७७, मंगलवार

धनुषाको सबैला नगरपालिका बस्ने शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको छ । ।


प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली असाेज १३ गते जनकपुर पुगेको हाे ।सदीय अध्ययन समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसेन सदस्य रहेका छन् ।

सरोकारवालासँग छलफल सुरु गर्दै देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनामा स्थलगत अध्ययन गर्न उक्त समितिले ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । हिरासतभित्रै मृत्यु भएका शम्भु सदाकाे परिवारसँग छलफल गर्ने क्रममा मृतक सदाको घर पुगेर समितिका पदाधिकारीहरुले उनका आमा, श्रीमतिसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

सवारी ज्यान मुद्दामा पक्राउ गरिएका सबैला – १२ निवासी २३ वर्षीय शम्भु २७ जेठमा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । सं

 

प्रतिक्रिया

सम्बन्धित खवर