१३ असोज २०७७, मंगलवार

बुटवल उद्योग वाणिज्य संघको ६७ औं साधारणसभा तथा अधिवेशन स्थगित भएको छ ।  उद्योग बाणिज्य संघले  असोज २८ र २९ गते साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको घोषणा गरेको थियो ।


कोरोना महामारीका कारण सबैजना एक स्थानमा भेला हुन सक्ने परिस्थिती नभएको भन्दै साधारणसभा स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले जानकारी दिए ।

आगामी कार्यकालका लागि संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुर र उद्योग तर्फका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले अध्यक्ष पदमा दाबी गर्दै आ-आफ्ना पक्षमा लबिङ समेत सुरु गरिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर