१३ असोज २०७७, मंगलवार

गैर आवासीय नेपाली संघ (एनआरएनए )कतारले  अहिलेसम्म ७ हजार बढी नेपालीलाई राहत वितरण गरिसकेको एनआरएनए  जनाएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष तथा स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती संयोजक मोहमद मुक्तदा मुसलमानका अनुसार हालसम्म ३० नेपाली श्रमीकलाई टिकट काटेर स्वदेश फीर्ता गरिसकिएको छ ।

कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाई भाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनए कतार र नेपाली ब्यवसायी संघ कतारद्वारा चौथो चरणमा थप ७ जनालाई टिकट काटेर स्वदेश फीर्ता गरिएको हो ।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार चौथो चरणमा उनीहरुलाई टिकट उपलब्ध गराइएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर