२५ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढदै गएपछि काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द हुने भएको छ ।

सोमबार विहान वडा नम्बर १२ र २१को सयुक्त वैठकले अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ भनिएको छ,

खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर