१२ असोज २०७७, सोमवार

विविसिवाट

विश्वकै पुरानोमध्येको एक अर्मेनिया र अजरबैजानबीचको भौगलिक विवाद फेरि एकपटक एउटा उग्र युद्धका रूपमा विस्फोट भएको छ।

त्यसका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ। हेलिकप्टरहरू खसाइएको र ट्याङ्कहरू ध्वस्त गरिएको बताइएको छ।

यी दुई पूर्व-सोभियत गणराज्यबीच विवादित नागोर्नो-क्याराबाख क्षेत्रमा लडाइ भएको हो। उक्त स्थान अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको क्षेत्र हो। तर त्यहाँ अर्मेनियन जातीय पृथकतावादी समूहले कब्जा गरेका छन्। सन् १९९० दशकको सुरुवातमा उक्त क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए। सोभियत शासनका बेला साम्यवादी व्यवस्था रहेकाले जातीय र धार्मिक मतभेदहरूलाई दबाइएको थियो। तर सोभियत सङ्घ टुक्रिएर ती दुई देशहरू स्वतन्त्र भएपछि त्यहाँ जातीय र धार्मिक मदभेदहरू विनाशकारी परिणामसाथ जीवित भएका हुन्।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेफले आइतवार उक्त क्षेत्रलाई पुन: नियन्त्रणमा लिनेमा आफू विश्वस्त रहेको बताएका थिए।

अजरबैजान र अर्मेनियाका केही क्षेत्र तथा नागोर्नो-क्याराबाखमा मार्शल ल भनिने सैन्य कानुन लागु गरिएको छ।

कोकअसस् पहाडहरूमा रहेको द्वन्द विगत तीन दशकदेखि समाधान हुन सकेको छैन। त्यहाँ पटकपटक लडाइ हुने गरेको छ।

गत जुलाईमा सीमा क्षेत्रमा भएको झडपमा कम्तिमा १६ जनाको ज्यान गएको थियो। त्यसले गर्दा उक्त क्षेत्रलाई फिर्ता ल्याउन माग गर्दै अजरबैजानको राजधानी बाकुमा वर्षौँपछि सबैभन्दा ठूलो प्रदर्शन निम्त्याएको थियो।

दक्षिणी कोकअसस् क्यास्पियन सीबाट पाइपमार्फत् विश्व बजारमा तेल र ग्यास पठाउने एउटा प्रमुख करिडरमा पर्छ। त्यसैले त्यहाँ हुने कुनै पनि खालको अवरोधले विश्व बजारलाई प्रभावित पार्नसक्छ।

टर्कीका राष्ट्रपति रेजेप्प तय्यिप एर्दोआनले नयाँ सङ्कटमा अजरबैजानलाई सहयोगको वाचा गरेका छन्।

परम्परागत रूपमा अर्मेनियाको साथमा रहने गरेको देखिएको रुसले चाहिँ तत्कालै युद्धविराम गरेर वार्ता सुरु गरी अवस्था सामान्य बनाउन आग्रह गरेको छ।

अर्मेनियनहरूको ठूलो समूह बसोबास गर्ने फ्रान्सले तत्कालै युद्धविराम गर्न आग्रह गरेको छ।

अर्मेनिया र अजरबैजान दुवैसँग सीमा जोडिएको इरानले चाहिँ शान्तिवार्ताको मध्यस्थता गर्न तयार रहेको बताएको छ।

अमेरिकाले दुवै पक्षसँग सम्पर्क गरको र तत्कालै अवस्था साम्य पार्न काम गर्न आग्रह गरेको जनाएको छ।

कसरी सुरु भयो लडाइ?

अर्मेनियका रक्षामन्त्रीले सुरुमा आइतवार बिहान नागोर्नो-क्याराबाख क्षेत्रमा रहेको नागरिक बस्तीमा आक्रमण भएको बताएका छन्।

त्यहाँको क्षेत्रीय राजधानी स्टेपानाकेर्टमा पनि आक्रमण भएको उनको भनाइ छ।

अधिकारीहरूका अनुसार एकजना महिला र बाक पनि मारिएका छन्।

उक्त क्षेत्रको पृथकतावादी प्रशासनका अनुसार उसका १६ जना कर्मचारी मारिएका छन् भने एक सयजना घाइते भएका छन्।

अर्मेनियाले दुईवटा हेलिकप्टर र तीनवटा ड्रोन खसालेको तथा तीनवटा सैन्य ट्याङ्कहरू नष्ट गरिदिएको बताएको छ।

नागोर्नो-क्याराबाख प्रशासनले मार्शल ल लगाएको केही समयमै अर्मेनियाले पनि उस्तै सैन्य कानुन लागु गरेको जनाएको छ।

Tanks

अर्मेनियन प्रधानमन्त्री निकोल पाशिनियानले आफ्नो “मातृभूमि” रक्षा गर्न आह्वान गरेका छन् र उक्त हमलालाई अजरबैजानको “पूर्व योजना सहितको आक्रमण” भनेका छन्।

उनले उक्त क्षेत्र ठूलो युद्धको खतरामा रहेको भन्दै टर्कीलाई “आक्रामक व्यवहार” देखाएको आरोप लगाएका छन्।

पाशिनियानले अन्तर्राष्ट्रिय समुदायलाई थप अस्थिरताबाट बजाउन एक हुन पनि आग्रह गरेका छन्।

अजरबैजानका अभियोजनकर्ताहरूका अनुसार एउटा गाउँमा अर्मेनियाको गोलाबारीका कारण एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

अजरबैजानको रक्षा मन्त्रालयले एउटा हेलिकप्टर खसेको पुष्टि गरेको छ तर त्यसका पाइलट भने बाँचेको जनाएको छ।

त्यस्तै उसले अर्मेनियाका १२ वटा हवाई रक्षा प्रणाली नष्ट गरिदिएको जनाएको छ।

उसले अर्मेनियाले भनेझैँ अन्य नोक्सानी नभएको बताएको छ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेफले अर्मेनियाको प्रतिउत्तर दिन ठूलो आक्रामक हमलाको आदेश दिएका छन्।

एउटा टेलिभिजन सम्बोधनमा त्यस्तो जवाफी हमलाले कैयौँ अर्मेनियाको नियन्त्रणमा रहेको अजरबैजानी क्षेत्र स्वतन्त्र हुने उनले बताए।

उनले जवाफी हमलापश्चात् “३० वर्ष लामो अन्याय र अवैध नियन्त्रणको अन्त्य हुनेछ” भनेका छन्।

अर्मेनियाली सेनाको सुरुवाती अस्वीकारपछि नागोर्नो-क्याराबाखका मान्यता नदिइएका राष्ट्रपति आरायिक हारुचुनियानले अजरबैजानी सेनाले केही क्षेत्र गुमाएको पुष्टि गरेका छन्।

अजरबैजान
तस्बिरको क्याप्शन,अजरबैजानका राष्ट्रपति

पुरानो लडाइ

सन् १९८० को अन्त्यतिर यी दुवै पक्षबीच लडाइ सुरु भएको थियो।

सन् १९९१ मा सोभियत सङ्घ विघटन हुने बेला सम्ममा युद्ध निकै नै बढेको थियो।

त्यसबेला करिब ३० हजार मानिसको ज्यान गएको थियो।

हाल नागोर्नो-क्याराबाख क्षेत्रलाई अर्मेनियाको पृथकतावादी समूहले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर