१२ असोज २०७७, सोमवार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज विक्रि भैरहेको छ एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् ।सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । भारतले आयात रोकेको केही दिनमै प्याजको मूल्य प्रतिकेजी १२० रूपैयाँसम्म व्यवसायीले लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर