सरकारले १ भदौबाट आन्तरिक हवाई उडान सिमित ठाउँमा मात्र गर्ने तयारी गरेको छ ।

भदौ १ गतेबाट अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान सुरु गर्ने यसअघिकै निर्णय हो । तर कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै उडान सुरु गर्ने नगर्ने भन्ने अन्यौल बढेको छ ।

तत्काल काठमाडौंबाट तराई मधेसका ठूला विमानस्थलहरुमा उडान खोल्ने सम्भावना कम देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)मा सोहीअनुसार प्रस्ताव लैजाँदैछ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आन्तरिक उडानतर्फ पोखरा र भरतपुरमा उडान खोल्ने प्रस्ताव गरिएको छ ।

हिमाली भेगमा हुने उडानलाई मात्र अनुमति दिने प्रस्ताव छ ।

यसअघि सरकारले आन्तरिकतर्फ साविकको तुलनामा ३३ प्रतिशतसम्म उडान खोल्ने तयारी गरेको थियो । तर पछिल्लो केही सातायता भारतसँग सीमा जोडिएका क्षेत्रहरमा संक्रमण बढेकाले ट्रंक रुटमा तत्काल उडान नखोल्ने प्रस्ताव सीसीएमसीमा राख्न लागिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर