१२ असोज २०७७, सोमवार

अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको  भर्जिनियामा प्रदर्शन भएको छ । कोरोना महामारीको कारण केही सीमित व्यक्ति र परिवारहरु चलचित्र हेर्न आमन्त्रित गरिएको थियो । चलचित्र हेर्ने आउने सबैको तापक्रम लिइएको थियो भने भर्जिनियाको गर्भनरले दिएको स्वास्थ सम्वन्धी निर्देशन पालना गरिएको थियो


 

सुरु हुनु अगाडी नै बालिकाहरुको अभिनय नयाँ कलाकार जस्तो न

चलचित्र प्रदर्शन पछि अभिनय गर्ने सबै कलाकारहरुले खनालले मौका दिएकोमा आभार व्यक्त गरे ।

चलचित्रमा  अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल, आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठले अभिनय गरेका छन् । कवि नवराज पराजुलीको कविताबाट उत्प्रेरित भै चलचित्र बनाएको कलाकार खनालले बताए । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ

 

प्रतिक्रिया

सम्बन्धित खवर