१२ असोज २०७७, सोमवार

बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो ।


खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा परिणत गरे ।  पहिलो हाफको अन्त्यमा मेस्सीको क्रसलाई पाउ टोरेसले आफ्नै पोष्टमा छिराउँदै आत्मघाती गोल गरे ।

मेस्सी १७ ला लिगाको सिजनमा गोल गर्ने छैटौँ खेलाडी बनेका छन् । शनिबार मात्र रियल म्याड्रिडका कप्तान सर्जियो रामोशले पनि उक्त उपलब्धि हासिल गरेका थिए ।

अन्य खेलमा लेभान्तेले ओसासुनालाई ३–१ ले हरायो भने एथ्लेटिक बिल्बाओले इबारलाई २–१ ले पराजित गर्यो । सेभियाले काडिजमाथि ३–१ को जीत हासिल गर्दा सेल्टाभिगो र रियल भालाडोलिडले बराबरी खेले ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर