१० असोज २०७७, शनिवार

हिजोराती देखि परेका अविरल वर्षाको  कारण सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।  चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ। वुटवलवाट तानसेन,गुल्मि,पोखराजान थालेका सवारीसाधनहरु तल्लो सिद्धवावाको मन्दिर नजिकैवाट रोकिन थालेका छन । बुटवल-तानसेन सडक खण्ड पूर्ण रुपमा बन्द रहेकाले पहिरो नहटेसम्मको लागि  पैदल यात्रा तथा सवारी आवागमन नगर्न प्रहरीले आग्रह गरेको छ।राती करीव एक वजेदेखि विस्तारै यो क्षेत्रमा पानी पर्न रोकिएको थियो भने शनिवार विहानपखवाट हल्का घाम लाग्न थालेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर