९ असोज २०७७, शुक्रवार

जिल्ला कारागार सिरहामा रहेका ५ सय ८५ जना कैदीबन्दी मध्ये ५ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कारागारमा १५ महिला र १ सय ३५ पुरुषसहित १ सय ५० जनाको क्षमता रहे पनि असोज ८ गतेसम्म २० जना महिला, दुई जना आश्रित बालबालिका र ५ सय ६३ पुरुष गरी ५ सय ८५ जना रहेका छन् ।

१७ महिला, दुई आश्रित र ४ सय ८८ पुरुष कोरोना सङ्क्रमित भएको जिल्ला कारागारका प्रमुख महतोले बताउनु भयो ।

कोरोना सङ्क्रमित भएपछि अल्लगै आइसोलेशनमा राख्नुपर्ने भए पनि स्थान अभावले सङ्क्रमितहरूलाई भित्रै राखिएको र जिल्ला अस्पतालको मेडिकल अधिकृतको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको जिल्ला कारागारका प्रमुख महतोले बताउनु भयो ।

कोरोना सङ्क्रमितहरूलाई सामान्य रुघाखोकी तथा कमजोरी बाहेक अवस्था सामान्य रहेको र सङ्क्रमितहरू मध्ये सातजना निको हुनु भएको र १८ जना थुना मुक्त भएर आइसोलेशनमा उपचारमा रहेको जिल्ला कारागार प्रमुख महतोले बताउनु भयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कारागारका कोरोना सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न पुरानो जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशन बनाउने तयारी भैरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर