८ असोज २०७७, बिहिवार

धरानमा रुखको हाँगाले लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
धरान–१४ मा बिहीबार दिउँसो दन्तकाली मन्दिरतर्फबाट फर्किंदै गर्दा दुईधारेमा रुखको सुकेको हाँगा झरेर लागेपछि गम्भीर घाइते भएकी एविसा राईको उपचारका क्रममा मृत्यु भएको हो । सुकेको रुखले लागेर गम्भीर घाइते बनेकी बालिकाका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहीबार दिउँसाले दन्तकाली मन्दिरबाट फर्किएका तीनजना घाइते बनेको र उपचारका क्रममा नाबालिकाको मृत्यु भएको जानकारी दिए ।
रुखको हाँगा झर्दा एविसासहित उनकी आमा विष्णु राई र दिदी नेविषा राई पनि घाइते बनेका थिए । घाइते तीनैजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भएको थियो । टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेकी एविषालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए ।
आमा र दिदीको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर