सुर्खेत, ८ असोज 

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले पहिलो पटक सवारी चालक अनुमति पत्र वितरण कार्यको विहीवार शुभारम्भ गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताएका छन् । उनले कुनैपनि काममा नागरिक खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने उल्लेख पनि गरे । मुख्यमन्त्री शाहीले सेवामा ढिलासुस्ती हुन नदिनका लागि कर्णाली सरकार सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नेकालागि आवश्यक तयारीमा जुटेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर