८ असोज २०७७, बिहिवार

स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका छन्।  स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर