जिके पाण्डेय

अविरल बर्षाको कारण स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर ४ गौतम टोलमा पहिरो जादा एक जनाको मृत्यु भएको छ। पहिरोमा परि गौतम टोलका बिष्णु दमैको मृत्यु भएको कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले बताउनु भएको छ। । अहिले पनि अविरल वर्षा भैरहेकोले आफू घट्ना स्थलमा जाँदै गरेको अध्यक्ष थापा मगरले बताउनु भयो। आफ्नै घरमा सुतिरहेको बेलामा राती एक बजेको समयमा घर माथी बाट पक्की पर्खाल झर्दा घर पुरिएर उनको मृत्यु भएको हो। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मिहरुले विहिवार बिहान शब निकालेका थिए । घरका अन्य परिवारका सकुशल रहेका छन् । जगत बहादुर नेपाली (दमै )र बाबुराम नेपाली(दमै)को घरहरु पूर्णरुपमा च्यापिएका छन् । घट्ना करिब १ बजे तिर घटेकोे स्थानीय यादव पाण्डे सुन्दरले बताउनु भयो। कालीगण्डकी गाउँ पालिकामा यस भन्दा अगाडि असार ३० गते पहिरोमा परि ३ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर