७ असोज २०७७, बुधवार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ सम्वन्धी अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । नगरपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो ।

https://amzn.to/4myfPN5

अस्थायी कोभिड–१९ अस्पतालका लागि आवश्यक जनशक्तिका लागि बुधबार १५ दिने विज्ञापन आव्हान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यातायात सेवा सुचारु भएको तथा दशैंतिहार जस्ता चाडवाड नजिकिदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमा कोरोना संक्रमण दर फैलने खतरा बढिरहेका बेला नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

अस्थायी कोभिड अस्पताल स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगरपालिकालाई १० लाख उपलव्ध गराएको छ । अपुग रकम नगरपालिकाले बेहोर्ने जनाइएको छ ।

कोरोनाबाट संक्रमितलाई आफ्नै पालिकाका उपचार गर्ने व्यवस्थाका लागि नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो । अस्थायी अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्तिका लागि विज्ञापन आव्हान गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर