७ असोज २०७७, बुधवार

सरकारले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको खोपको विश्वव्यापी अवस्था र उपलव्धता बारे सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै कार्यदल गठन गरेको हो ।

स्वास्थ्य सेवा विभागको तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. श्यामराज उप्रेती संयोजक रहेको उक्त कार्यदलमा डा. बालकृष्ण सुवेदी, डा. गरीवदास ठाकुर र डा. प्रदीप ज्ञवालीलाई सदस्य तोकिएको छ । कार्यदलको सदस्य सचिवको जिम्मेवारी परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमलाई दिइएको छ ।

कार्यदलका सदस्य तोकिएका डा. सुवेदी तत्कालिन बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक हुन्, डा. ठाकुर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक हुन् । डा. ज्ञवाली भने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव हुन् ।

कार्यदलले अहिले कोरोना विरुद्ध निर्माण भइरहेका खोपहरुको अवस्थाको अध्ययन् गर्ने, नेपालले कसरी ती खोपहरु प्राप्त गर्न सक्छन्, खोप परीक्षणमा नेपालले भाग लिन सक्छ कि सक्दैन् ? लगायतका विषयमा सुझाव दिन भनिएको छ ।

कार्यदललाई अवधी नतोकिएपनि सकेसम्म छिटो सुझाव पेश गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर