६ असोज,काठमाण्डौ
जापानको क्योतो शहरमा रहेको क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले इन्जिनियरिङ् जगतमा एक नयाँ कार्यको शुरुवात थालेको छ । नेपाल जस्तो मुलुकका विधार्थीहरुलाई यो एउटा राम्रो अवसर हुन सक्ने धेरैले विश्वास लिएका छन । जापानी भाषाको मात्रै नभएर बिधार्थीले पढ्न सक्ने गरि आउदो २०२१ सेप्टेम्बर देखि अंग्रेजी माध्यमको पढाई संचालन गर्न लागेको कलेजले जनाएको छ । कलेजको मुख्य उद्धेश्य विश्वमा आधुनिक पूर्ण बिग्यता सहितको इन्जिनियर उत्पादन गर्नु रहेको र आधुनिक पूर्ण बिग्यता इन्जिनियर उत्पादन गर्ने उदेश्यले आधुनिक शैलीको गोल्वल इन्जिनियरिङ् कोर्षको शुरुवात गर्न लागेको कलेजको भनाई छ ।
क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले विश्व औधोकिकरणमा विकशित हुँदै गरेको नयाँ नयाँ प्रविधिसँग मेल खाने ग्लोबल इन्जिनियरको उत्पादान गर्ने र जापान, कोरिया, भारत, चाइना जस्ता विकशीत एशियन मुलुकहरुमा ईन्जिनियरहरूको मागलाई पुरा गर्न नेपाली इन्जिनीयरहरु समेत सक्षम हुने विश्वास कलेजको छ ।


क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सका इन्टरनेशनल अफिसको डाइरेक्टर ताकेदा कियोशिका अनुसार अबको विश्वमा परम्परागत कुनै एउटा क्षेत्रमा मात्र बिग्यता हाशिल गरेको इन्जिनियरको महत्व हुनेछैन । किनकि उसले जहिले पनि अरु क्षेत्रको इन्जिनियरको सहायता बिना आफु एक्लैले आधुनिक प्रविधिमा केहि गर्न सकिँदैन ।
नेपाली विधार्थिहरुले युनिभर्सिटीको नेपाल प्रतिनिधि आइजीसी बिजिनेस होल्डीङ्गले पाएको छ । यसरी पढन जान र थप कुराहरु वुझनको लागि https://igc.com.np/KUAS.php सकिने आइजीसी बिजिनेस होल्डीङ्गले जनाएको छ । यसैगरी सिधै कार्यालय विशाल नगरबाट समेत आबेदन दिन सक्ने वताएका छ । सिट सिमितमात्र हुने भएकाले पढन चाहनेहले सम्पर्क गर्नसमेत आईजीसीले विधार्थीहरुलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर