बितेको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो   सँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ । निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।


यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतककाे कुल संख्या ४२९ पुगेको गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर