६असाेज अमेरिका। यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल चयन भएका छन् । यूथ कांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो ।

नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिक दलसंग आवद्ध नहुने  तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधारासंग समान रहने जानकारी गराए ।

साथै १८ वर्षदेखि ४० वर्ष भित्रका प्रजातान्त्रिक बिचारमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिनसक्ने पनि पोखरेलले बताए । अमेरिकामा प्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमा राजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर