६असाेज,काठमाडौं,नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पेशागत रक्षाका लागि सत्याग्रह सुरू गरेका छन्।

नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा सोमबारदेखि सत्याग्रह सुरू भएको हो। सुविद गुरागाईं सत्याग्रह बसेका छन् भने उनको समर्थनमा अन्य सहकर्मीले पनि साथ दिएका छन्।

नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ।

कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ।

प्रकाशन गृहका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले आफूलाई सत्याग्रहबारे जानकारी नभएको बताए।

‘म काठमाडौं बाहिर छु, यसबारे सम्पादकलाई सोध्नुहोला,’ उनले भने।

नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले सम्पादकीयभन्दा पनि व्यवस्थापकीय समस्या भएको र समाधानका विषयमा छलफल भइरहेको बताए

प्रतिक्रिया

सम्बन्धित खवर