५ असाेज,नेपालगञ्जमा कोरोना संक्रमण बाट कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको सोमबार बिहान मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका श्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो। स्वास्थ्य समस्याकै बीच भदौ २१ गते बिहान दश बजे स्वाव लिइएको थियो।


त्यही दिन राती दश बजे कोरोना पोजिटिभ थाहा भएकाे थियाे। भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर