५असाेज मोरङ- मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

ग्रामथान – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया सीता अधिकारी, उनकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ


इलाका प्रहरी कार्यालयका अनुसार  आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीमा दुई छोरी डुबेपछि उद्दारमा गएकी सीताको पनि मृत्यु भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर