५असाेज डा. साधनाप्रतीक्षा (अन्नपूर्ण पोस्ट बाट )तरकारी बजारबाट फर्कंदै गर्दा अगाडि हिँडिरहेका दुईजनाको संवादले मेरो ध्यान आकृष्ट ग¥यो। संवाद यस्तो थियो, ‘आज तरकारी बजारमा झन्डै लडिनँ।’ ‘किन ? त्यस्तो चिप्लो थियो र ? राति पानी त अलिअलि परको हो…।’ ‘त्यस्तो चिप्लोसिप्लो केही थिएन। न त अल्झाउने–बिल्झाउने केही थियो…।’ ‘त्यसो भए एकाबिहानै चढाएर आएको थिइस् कि क्या हो रातिकोले नपुगेर…!’ ‘केको चढाएर आउनु नि ? आलुको भाउ सुन्दा पो त मेरो होसै उडेर झन्डै पछारिएको ! सय रुपैयाँ किलो रे ! त्यति मात्रै हो र ? अरू तरकारी र गोलभेंडाको भाउ सुन्दा त हिजोको ठर्राको सबै नसा उœयो नि। अब त हामीजस्ताले तरकारी नै खान नसकिने भो त !’ त्यही त भन्या ! एकातिर आम्दानी सुक्यो, अर्कातिर बजारभाउ चुलिएको चुलियै छ। नुन पनि केमा हाल्ने हो खै ? दाल, गेडागुडी सबैथोक महँगिएछ। किन महँगो भो भनेर सोध्दा थाहा छैन यत्रो महामारी पैmलिएको ? धन्न पसल खुला छ भन्नु त छैन भन्दै हकार्छन् पसलेहरू। खै साइँला, मलाई त रोगले भन्दा पनि भोकले पो मरिन्छ जस्तो पो लाग्छ।’ ‘हुन त बाँचेरै पो के सार छ र हामीजस्ता गरिबले ! सधैं मरेतुल्य नै त छौं।

रातदिन पसिना बगाएर काम ग¥यो साहुले चुसेको चुस्यै…।’ ‘त्यही त भन्या ! आपूmलाई पनि ठेकेदारले पूरा ज्याला कहिल्यै दिँदैन। लालाबालाका मुखमा माड लगाउन पनि धौ भइसक्यो उहाँ भने मुखमा यो के जाति हो लगाउनुपर्ने, साबुनले हात धोइराख्नुपर्ने अनि खै कुन्नि के हो दल्नुपर्ने रे ! कहाँबाट ल्याउनु…? ’ ‘गर्नु ग¥यो नि यो कोरोनाले त ! चाडबाड आयो, कमाइ छैन बजारभाउ यस्तो…!’ ‘खसी त के फर्सी पनि ख्वाउन नसकिने भइयो बाबै केटाकेटीलाई।’ ‘आलुको भाउ सुन्दा त ढल्न खोजें भन्छस् खसीको भाउ सुनिस् भने त ठहरै पर्लास् बाबै ! नसोध्नु नि।’ दुवैले एकएक खित्का अमिलो हाँसो पोखे। यस्तैमा उनीहरू र मेरो बाटोको हाँगा फाट्यो। उनीहरूको संवादले मेरो मन पनि बाटोको त्यही हाँगो फाटेजस्तै फाटेर दुख्न थाल्यो।


कामधन्दा बन्द भएका बेला भाडाको कोठामा बन्द हुनुभन्दा गाउँ गएर खेतीपाती गर्नेतिर यस्तो वर्गलाई प्रोत्साहित गर्ने हो भने पनि परिणाम सकारात्मक निस्कने छ।

दुखाइका विषय अरू पनि छन्। हालैको घटना सम्झन्छु– तीन हजार रुपैयाँमा एउटा विपन्न व्यक्तिले ज्यान गुमाउनुपरेको समाचार सेलाएको छैन। तिर्न बाँकी सोही भाडा रकमका कारण घरभेटीले भाडामा बस्नेको हत्या गरेको समाचारले सिंगो मानवतामाथि नै प्रश्न उठाइरहेको छ। यस्तै अमानवीय व्यवहार देखेर त होला नि बाङ्देलले ‘लङ्गडाको साथी’ उपन्यास लेखेर मानवतामाथि व्यङय गरेका ! अचेल साँझ–बिहान सडक पेटीहरूमा दाताहरूले बाँड्ने खानाका लागि लामबद्ध भएका मानिसहरूको तस्बिरले सम्भावित भोकमरीतर्पm संकेत गर्दा पुनः मुटु चसक्क गर्न थाल्छ। दैनिक ज्यालादारी गरेर गुजारा गरिहेकाहरूको करुण यथार्थ हो यो ! सम्झना ताजै छ, दैनिक दुई–चार घरको काम गरेर अशक्त पति तथा बालबच्चाको पेट पालिरहेकी महिलाले भनेकी थिइन्, ‘गर्नु ग¥यो नि यो कोरोनाले त ! रोग सर्छ भनेर काम गर्न बोलाएका छैनन्। कमाइ ठप्पै भयो। खै कसरी पेट पाल्ने हो ? आपूm मात्रै भए त हुन्थ्यो रोगी बूढा र केटाकेटी… कहिले सकिएला यो कोरोना ? ’ म निःशब्द थिएँ।

निःशब्द नै छु अहिले पनि। किनकि महामारीका कारण दैनिकी अस्तव्यस्तै छ। सर्वसाधारणले दिनानुदिन असहज परिस्थितिको सामना गर्न परिरहेको छ। एकातिर संक्रमणमले तीव्र गति लिइरहेको छ भने अर्कातिर आम्दानी ठप्प हुनाले विपन्न वर्गका लागि जीवनरक्षा नै चुनौतीपूर्ण बनिरहेको छ। सरकारले ‘मास्क लगाऔं, साबुनले हात धोऔं, स्यानिटाइजर प्रयोग गरौं’ भन्दै सुरक्षाका मापदण्ड फुकेको फुक्यै छ तर विडम्बना ! साँझ–बिहानको छाक जुटाउन नसक्नेले कहाँबाट ल्याउने मास्क, साबुन र स्यानिटाइजर ? यहींनेर प्रश्न उब्जिन्छ– राज्य केका लागि र कसका लागि ? सरकारको दायित्व के ? आलुको भाउ सय रुपैयाँ किलो पुग्ने गरी महँगी बढिरहँदा पनि सरकारी संयन्त्र के गरिरहेछ ? एकातिर किसान आफ्नो उत्पादनले बजार नपाएर खेर गएको गुनासो गरिरहेछन्, अर्कातिर आम उपभोक्ता उपभोग्य वस्तुको अभाव र महँगीको मारमा परिरहेछन्। यस्तो परिस्थितिमा सामञ्जस्य ल्याउने दायित्व कसको हो ? हालको विषम परिस्थितिमा पनि जनताले सरकार भएको अनुभूति गर्न नपाएपछि सरकारको उपस्थितिको अर्थ नै के रह्यो र ?

हुन त सरकारलाई पनि कम्ता गाह्रो परेको छ र ? संक्रमित बढे भन्दै बन्द गर्नु, भोकमरी बढ्यो भन्दै खुलाउनु ! त्यसबाहेक विपद् व्यवस्थापनका वैकल्पिक उपाय खोज्ने त सरकारसँग समय नै छैन ! न त प्रतिपक्षलाई नै यसबारे चासो रहेको देखिन्छ ! सरकारलाई आफ्नै दलगत किचलो पन्छाउनमै भ्याइनभ्याई भएको छ। प्रतिपक्ष कसरी सरकार असफल बनाउने र आपूm सत्तासीन हुने भन्ने जोखना हेरिरहेको छ। हाल आमसञ्चारमा देखिने सत्ताधारी र सत्ताइतर सबै नेताका कुराकानी तथा अभिव्यक्तिमा राजनीतिक दाउपेचबाहेक वर्तमानको असहज परिवेश र जनसरोकारका विषयले कुनै स्थान नपाउनु यसैको साक्षी होइन र ?

सदा झैं दसै–तिहार आदि पर्वको मुखमा बजारभाउ अकासिनु हाम्रो नियति नै हो तर यसपालि हामीमध्ये अधिकांशसँग यो नियतिसँग जुध्ने आर्थिक क्षमता देखिँदैन। त्यसैले नजिकिँदो दसैंलगायतका पर्वहरू विपन्न वर्गका लागि मात्र नभएर सर्वसाधारणका लागि पनि चिन्ताको विषय बन्दैछन्। किनकि यी पर्व मूल्यवृद्धि र महामारीको दोहोरो चपेटामा परेका छन्। पैmलिँदो संक्रमणको जोखिमपूर्ण अवस्थामा आआफ्नो पारिवारिक सद्भाव तथा सांस्कृतिक मूल्यको निरन्तरताका लागि हामीले यी पर्व मनाउनुपर्ने बाध्यता छ। मान्छेको मन न हो, लामो समयदेखि टाढा रहेका परिवारजन तथा आफन्तसँग भेटघाट गर्न आतुर नहुने कुरै भएन। आफन्त अनि साथीभाइसँग सामाजिक दूरी बनाएरै भए पनि भलाकुसारी गर्ने अनि मान्यजनबाट टीका–आशीर्वाद ग्रहण गर्ने चाहना कसलाई नहोला र ? घरबाट टाढाको कार्यक्षेत्रमा लामो समयदेखि बन्दीजस्तै भएका हामी सुरक्षित आफ्नो गाउँघर पुग्ने अनि केही समय भए पनि त्यहाँ सुस्ताउने आशामा छौं।

हाम्रो यस्तो चाहनाको परिपूर्ति सहज भने देखिँदैन। एकातिर बजार तथा ठूला सपिङ मलहरूसमेत खुलेको र सार्वजनिक यातायातलगायत हवाई उडान पनि खुल्ने तयारीमा छ भने अर्कातिर संक्रमितको संख्या दैनिक सरदर हजारबाट उकालो लागेको तथा मृत्यु हुनेको संख्या पनि दैनिक दशको हाराहारीमा रहेको छ। यस्तोमा पर्वका लागि किनमेलदेखि गन्तव्यसम्मको यात्रा जोखिममुक्त देखिँदैन। त्यसैले अहिले आम जनतालाई सरकारको पूर्ण उपस्थितिको आवश्यकता भइरहेको छ। सरकारका विभिन्न निकायले आफ्नो जिम्मेवारी पूरा गरेर यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनुको अर्को विकल्प छैन।

नजिकिएको पर्व, खुला भएको बजार तथा यातायात अनि पर्व मनाउने चटारोलाई व्यवस्थित गर्दै संक्रमण नियन्त्रण गर्नु सरकारका लागिसमेत चुनौतीपूर्ण छ। त्यसैले अबको केही समय सरकारले आफ्नो सम्पूर्ण संयन्त्र यसैतर्पm केन्द्रित गर्नुपर्ने देखिन्छ। बजारको अनुगमन तथा मूल्य नियन्त्रण गर्दै त्यसलाई सुरक्षित र सुव्यवस्थित गर्नुका साथै आवश्यक भएमा निश्चित मापदण्डअनुसार मात्र व्यापार व्यवसाय सञ्चालन गराउने व्यवस्था पनि आवश्यक हुन्छ। अहिलेको अवस्थामा सर्वाधिक पीडित वर्ग अर्थात् विपन्न वर्गलाई लक्षित गरेर सरकारले सहुलियत दरको बजारसमेत सञ्चालन गर्नुपर्छ। हाल निजी स्तरबाट सञ्चालन गरिँदै आएका केही ‘फुड बैंक’ जस्तै सरकारले पनि सञ्चालन गरेर लक्षित वर्गका लागि दैनिक उपभोग्य वस्तु तथा मास्कलगायत सुरक्षा सामग्री वितरण गर्ने हो भने यस्तो वर्गको दैनिकी सहज हुन सक्छ। यसमा आर्थिक हैसियत हुनेले व्यक्तिगत रूपमा स्वेच्छिक योगदान गर्ने वातावरण बनाउनु पनि स्थानीय सरकारको दायित्व हुन आउँछ।

स्थानीय तहका वडा कार्यालय तथा जनप्रतिनिधिमार्पmत विपन्न वर्ग तथा जीविकोपार्जनको बाटो अवरुद्ध भएकाहरूको पहिचान र वर्गीकरण गरेर उनीहरूका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरणतर्पm सरकारले अग्रसरता नदेखाउने हो भने त्यस्तो वर्गको जीवन असहज हुने देखिन्छ। आर्थिक रूपले सक्षम वर्ग पर्वका लागि सुरक्षित रूपले यात्रा गर्न सक्ने भए पनि सर्वसाधारणका लागि यस्तो दायित्व पनि सरकारले नै लिनुपर्ने देखिन्छ। सार्वजनिक यातायात सेवा जोखिमरहित सञ्चालन गरिनुका साथै घर जान चाहने विपन्न वर्गका लागि सरकारले निःशुल्क यातायात सेवा उपलब्ध गराइदिएमा उनीहरूलाई धेरै हदसम्म राहत हुनेछ। कामधन्दा बन्द भएका बेला भाडाको कोठामा बन्द हुनुभन्दा गाउँ गएर खेतीपाती गर्नेतिर यस्तो वर्गलाई प्रोत्साहित गर्ने हो भने पनि परिणाम सकारात्मक निस्कने छ।एकातिर महामारीको सन्त्रासमय अवस्था, अर्कातिर मौकाको फाइदा उठाएर मालामाल हुन चाहने दुष्प्रवृत्तिले सिर्जिएको कृत्रिम अभाव तथा मूल्यवृद्धि र साथमा जेजसरी अनि जस्तो अवस्थामा पनि पर्व–परम्परा मान्नेपर्ने रुढि ! यी तीनै पक्षबीच सन्तुलन कायम गराएर यो विषम परिस्थितिमा पनि कसैको चुलो चिसिन नदिने अनि खुसीको पर्वलाई शोकमा रूपान्तरण हुन नदिन सरकार संवेदनशील हुनैपर्छ। यसमा हरेक जिम्मेवार नागरिकको सकारात्मक सोच पनि उत्तिकै आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर