४असाेज ।उत्तर कोरियामा मास्क अभाव छ । तर, चीनबाट आएको ठूलो परिमाणको मास्क यहाँका अधिकारीहरुले फिर्ता गरिदिएका छन् । किनकी, यो मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने उनीहरुको आशंका छ ।

दक्षिण कोरियामा निर्मित सामाग्रीको आयात उत्तरमा अवैध मानिन्छ । व्यापारीहरु भने यस्तो हर्कतबाट आश्चर्यमा परेका छन् । सीमाबाट तस्करी भएका आएका सामाग्री उत्तर कोरियाको बजारमा खुलेयाम बिक्री भइरहेका बेला स्वास्थसेवासँग जोडिएको मास्कलाई अस्विकार गरिनु अनौठो रहेको उनीहरुले बताए ।


आफ्नो सत्तामाथि दक्षिण कोरियाबाट षडयन्त्र हुनसक्ने भन्दै शशंकित देखिएका सर्वोच्च नेता किम जोङ उन दक्षिण कोरियासँग आक्रोशित छ, उनले दक्षिणमाथि बिस्तारवादीहरुको सञ्जाललाई समर्थन गरिरहेको आरोप पनि लगाएका छन् । किमका अनुसार उनको सत्ताविरुद्ध विषवमन गर्नका लागि बिस्तारवादीहरुले फैलाएको प्रोपोगान्डालाई दक्षिणले सहयोग गरिरहेको छ ।

चीनियाँ सीमा शहर डानदोङका एक व्यापारीका अनुसार उत्तर कोरियाको एक स्टोरमा महिना दिनसम्म राखेपछि मास्क फिर्ता गरिएको हो । ‘उत्तर कोरियाली कम्पनीहरुले केही महंगो मुल्य परेपनि उच्च स्तरको मास्क पठाइदिन अर्डर गरेका थिए,’ ती व्यापारीले रेडियो फ्रि एशियामार्फत भनेका छन्, ‘त्यसैले चिनियाँ व्यवसायीहरुले १५ हजार थान केएफ ९४ मास्क पठाए । यो मास्क दक्षिण कोरियामा समेत उच्च गुुणस्तरको मानिन्छ ।’

तर, उत्तर कोरियाबाट यी मास्क फर्काइयो । ‘उत्तर कोरियाली कम्पनीहरुलाई यो मास्क चीनमा बनेको होइन भन्ने शंका लागेकाले अस्विकृत गरेका हुन्,’ ती व्यापारीले थपेका छन् । कालोबजारीमार्फत उत्तरमा गुुणस्तरका सामाग्री भित्र्नु सामान्य बनिसकेको छ । डेली एक्सप्रेसमा प्रकाशित समाचारअनुसार व्यापारीहरुले दक्षिण कोरियाली सामाग्रीलाई चिनियाँ भनेर भन्सार पास गर्ने गरेका छन् ।

‘त्यहाँ दक्षिण कोरियाली भनेर चिनिने कुनै लेबल वा ट्रेडमार्क मास्कमा थिएन,’ व्यापारीले भने,‘तर चीनबाट आउने अन्य मास्कको तुलनामा यसको गुणस्तर फरक भएका कारण उत्तर कोरियाली अधिकारीहरुले यसलाई दक्षिण कोरियाली भनेर मुल्याङ्कन गरे । चिनियाँ व्यापारीहरुले दक्षिण कोरियाली मास्क पठाउन खोज्नुको कारण महंगो भएपनि उत्कृष्ट गुणस्तरको मास्क पठाइदिन अर्डर आएको थियो ।’

स्रोत : निपोस्ट 

प्रतिक्रिया

सम्बन्धित खवर