४ असाेज काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ। मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितपुर र भक्तपुरमा १–१ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर