कास्की,  २०७७ असोज ३ गते

  ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर