१ असाेज । बुटवलमा रहेको अनलाईन पोर्टल ग्लोबल आवाज डट कमको कार्यालयमा ढुंगा प्रहार भएको छ। बुधबार राती  कार्यालयको समाचार कक्ष र व्यवस्थापन कक्षलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो।

ढुंगा प्रहारबाट समाचार कक्षनजिकको झ्यालको शिसा फुटेको छ। बुटवलको होराइजन चोकभन्दा केही भित्रपट्टिको भवनको तेश्रो तलामा ग्लोबल आवाजको कार्यालय रहेको छ।

https://amzn.to/4myfPN5

ग्लोबल आवाजका सम्पादक एनबी कँडेलले ढुंगा प्रहारबाट समाचार कक्षमा क्षति भएको बताए। ‘हामीसँग समाचारको विषयलाई लिएर वा अरु कुनै विषयमा विवाद भएको वा त्यस्तो कुनै रिसइबी थिएन-उनले भने-कसले किन ढुंगा प्रहार गर्‍यो भन्ने अनुसन्धानपछि खुल्नसक्छ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटनास्थलको अवलोकन गर्दै छानबीन गर्न प्रहरीलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर