
३१ भदौ,काठमाण्डाै – कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।
अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ । गएको वैशाख ८ गतेदेखि तोकिएको परीक्षा गएको चैत ११ गतेदेखिको लकडाउनका कारण स्थगन भएको थियो ।