
३१ भदौ,अर्घाखाँची । शितगगा–९ सिद्धाराकी ७१ बर्षिय हेमकला बिकको रुख बाट खसेर मृत्युु भएको हो ।
घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी वृद्ध रूखबाट खसेर गम्भीर घाईते भएकी थिईन् । उपचारका लागी बुटवल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।
मृतक महिलाको श्रीमान र छोराछोरी कोहि छैनन् । श्रीमानले छोडेपछि पहिला देखि दिदीलाई आफुले पाल्दै बसेका भाई लालबहादुर बिकले बताए ।